गलत कामको बिरोध गर्दा पिटिने मारिने उल्टो देश नेपाल ; आस्था

गलत कामको बिरोध गर्दा पिटिने मारिने उल्टो देश नेपाल ; आस्था


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० भाद्र २०७६
  • 9.5K
    Shares

पछिल्लो पटक पोखराबाट कास्की जिल्ला इन्चार्ज रुपेश र पत्रकार हमाल गिरफ्तार भएपछी गण्डक व्युरो इन्चार्ज आस्थाद्वारा तुरुन्त रिहाइको माग भएको छ ।
विप्लब निकट नेकपा माथि सरकारले गर्दै आएको दमन प्रतिबन्ध लगाएपछि अझ उग्र बनेको उनको भनाइ छ ।
देशैभरिबाट पार्टीका सयौ नेता कार्यकर्तालाइ सरकारले गिरफ्तार गरि क्रुर यातना एबम मुठभेटको नाममा निर्मम हत्या गरेकोमा नेत्री आस्थाले खरो आक्रोश व्यक्त गरेकी छिन ।
अन्तरराष्ट्रिय क्षेत्रमा गलत काम कर्तब्य कार्यशैलि क्रियाकलाप गर्ने जोकोहि सांसद होस् या मन्त्रि, जनताले जुत्ताले हानेर भ्याकुर लखेटेझैं लखेटीन्छ भने नेपालमा ठिक उल्टो गलत कामको बिरोध गर्ने जनतालाई लखेटीन्छ पिटीन्छ जेल हालिन्छ र क्रुर अमानबिय यातना दिंदै दोहोरो भिडन्तको नाैटंकिमा दिनडहाडै गोली ठोकेर मारिइन्छ पनि, दलाल भ्रष्ट्राचारीहरुले जितेको देश उल्टो देश गरिब देश दुखि देश र दुखि असाहाय नेपाली जनता जबर्दस्त बनाइएको देश, नेपाल देश..!

प्रतिक्रिया