आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने लगायत तीनैजना धरौटीमा रिहा भएका छन् ।
शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका प्रस्तोता रवि लामिछाने र युवराज कँडेलले यस घटनासँग सम्बन्धित कुनै कार्यक्रम चलाउन नपाउने, सार्बजनिक प्रतिकृया पनि दिन नपाउने भएका छन् ।
जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ । अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ ।