समाचार संकलनका क्रममा पक्राउ परेका पत्रकार ओम हमाललाइ पक्राउ गर्नुको कारण सहित तिन दिन भित्र उपस्थित गराउन जिल्ला प्रहरी कास्कीलाई सर्बोच्चले आदेश दिएको छ ।
श्रमजीवी पत्रकार हमालको गिरफ्तारीको चौतर्फी बिरोधका आवाज उठिरहेकै क्रममा आज भाद्र ९ गते नेपाल पत्रकार महासंघले हमालको पक्क्षबाट सर्बोच्चमा रिट दायर गरेपछि उक्त आदेश आएको रिटका निवेदक तथा महासंघका सदस्य जन्मदेव जैसीले बताएका छन् ।
