कास्कीमा पक्राउ पत्रकार हमालको तुरुन्त रिहाइका लागि पत्रकार महासंघ लगायतका बिज्ञप्तिहरु

कास्कीमा पक्राउ पत्रकार हमालको तुरुन्त रिहाइका लागि पत्रकार महासंघ लगायतका बिज्ञप्तिहरु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ भाद्र २०७६
  • 10.3K
    Shares

समाचार सकलनको शिलशिलामा कास्की जिल्लाको पत्रकार ओम हमाल पक्राउ परेकाछन ।

नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले संगै पक्राउ परेका पत्रकार हमाल नेपाल पत्रकार महासंघ कास्कीका सदस्य जनपत्रकार संगठनका केन्द्रिय सदस्य एबम गण्डकी धौलागिरीका संयोजक र जनसंचार डटकमका सम्पादक हुन् ।

बिगत लामो समयदेखी पत्रकारिता क्षेत्रमा खटिएका हमालले थुप्रै राष्ट्रिय र अन्तरास्ट्रिय मिडियाहरुमा काम गरेका छन् । पोखराका आदर्श समाज,जनमत जस्ता पत्रिकाको सस्थापक पत्रकारको रुपमा काम गरि सकेका उनले कमान्डर पोस्ट रास्ट्रिय दैनिक पोखरा सिटिटाइम्स  जस्ता पत्रिका देखि लिएर नेपालवान टेलिभिजन, नियुज ट्वान्टी फोर, तराइ टिभी, जनता टेलिभिजन लगायतका थुपै मिडियाहरुमा काम गरिसकेका छन् ।

सुकुम्बासी सर्बहारा निमुखा जनताका आवाज उठाइरहने एक जुझारु कर्मठ इमान्दार र हक्की स्वाभावका न्याय प्रेमी कलमजीवी हमालको कास्की प्रहरीद्वारा गरिएको दमनकारी गिरफ्तारीको घोर भर्त्सना गर्दै तु रिहाइको माग सहित नेपाल पत्रकार महासंघ ,जनपत्रकार संगठन नेपाल ,नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश ,नेपाल पत्रकार महासंघ कास्की र युवा पत्रकार संगठन गण्डकीले प्रेस बिज्ञप्ति निकालेको छ ।


 

प्रेस बिज्ञप्ति

मिती: भदौ ६, २०७६

नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा जनसंचार डटकमका सम्पादक ओम हमाललाई कास्की प्रहरीले पक्राउ गरेकोमा यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

केही समय यता राज्य पक्षले राजनैतिक आस्था राखेकै आधारमा कास्की सहित देशभर पत्रकारहरु माथी धरपकड मात्र हैन, लुकी लुकी हिड्नुपर्ने अवस्था सिर्जना गरेको छ ।

यस्ता कार्य तत्काल बन्द गर्न र पत्रकारहरुलाई स्वतन्त्र पुर्वक काम गर्न दिन तथा पत्रकार हमालको स सम्मान रिहाइको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति जोडदार माग गर्दछ ।

त्रिभुवन पौडेल
अध्यक्ष
नेपाल पत्रकार महासंघ
गण्डकी प्रदेश समिति

प्रतिक्रिया