कास्की प्रहरीले शुक्रबार बिहान पोखराको शिशुवाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्की इन्चार्ज कृष्ण वाग्ले रुपेश र पत्रकार ओम हमाललाइ पक्राउ गरेको छ ।
उक्त पार्टी निकट जनपत्रकार संगठनका केन्द्रिय सदस्य एबं गण्डकी धौलागिरिका संयोजक रहेका हमाल जनसंचार डट कमका सम्पादक हुन् ।
पक्राउ परेका दुवै जनालाई पोखरा ल्याइदै गरेको भन्ने अन्य संचार माध्यमबाट आएतापनि यो समाचार लेख्दासम्म उनीहरुलाई कहा लगिएको हो भन्ने आधिकारिक जानकारी प्राप्त हुन् सकेको छैन ।