अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ भाद्र २०७६
  • 7.5K
    Shares

नायिका शिल्पा पोख्रेल

सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि अभिनेत्री शिल्पा पोखरेल उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेकी थिइन।

निर्माता छवि ओझाकी जेठी पत्नी हेमा ओझाले साउन पहिलो साता महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरूद्ध बहुविवाहको उजुरी हालेकी थिइन्।

उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी थिइन्।

प्रतिक्रिया