उपचार गर्न अस्पताल पुगेकी अनेमसंघ क्रान्तिकारी कास्कीकी अध्यक्ष बिक पक्राउ

उपचार गर्न अस्पताल पुगेकी अनेमसंघ क्रान्तिकारी कास्कीकी अध्यक्ष बिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३२ साउन २०७६
  • 7.1K
    Shares

प्राप्ति बिक

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी कास्की जिल्ला अध्यक्ष प्राप्ति बिकलाई प्रहरीले पक्राउ गरेको छ।  उपचार गर्न पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान साबिक पस्चिमाञ्चल क्षेत्रिय अस्पताल गएको बेला शुक्रबार दिउँसो अस्पतालबाटै उनलाई प्रहरीले पक्राउ गरेको ने.क.पा. कास्कीले जनाएको छ।

श्रीमानकासाथ उपचार गर्न गएकी नेत्री बिकलाई पक्राउ गरिएको बारे कास्की प्रहरीले कुनै जानकारी दिएको छैन।

यसैबीच प्राप्त जानकारी अनुसार, ने.क.पा.ले गठन गरेको कास्की जिल्ला जनसरकार प्रमुख रामकाजी गुरुङ नेपाली कांग्रेसमा प्रवेश गरेको खबर छ।

पटक-पटक गिरफ्तारीमा परेका गुरुङलाई गत महिना पनि गिरफ्तार गरी हिरासतमा राखेको थियो।  पार्टी परित्याग गर्ने शर्तमा तीनदिन अघि हिरासतमुक्त भएका नेता गुरुङ त्यसपछी नेपाली कांग्रेस प्रवेश गरेका हुन्।

उनलाई शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले पार्टी प्रवेश गराएका थिए।

प्रतिक्रिया