सत्तारुढ नेकपाका प्रदेश सभा ३ का प्रमुख सचेतक ढकालको घरमा बम प्रहार

सत्तारुढ नेकपाका प्रदेश सभा ३ का प्रमुख सचेतक ढकालको घरमा बम प्रहार


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३१ साउन २०७६
  • 5.9K
    Shares

नेकपा प्रदेश ३ प्रदेशसभाका प्रमुुख सचेतक भूमिश्वर ढकालको घर

प्रदेश सभा ५ मा सत्तारुढ नेकपाका प्रमुख सचेतक रहेका भूमिश्वर ढकालको रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर ७ मा रहेको घरमा गएराती बम प्रहार भएको छ ।

अज्ञात समुहले गएराती करीब दुई बजेतिर प्रमुुख सचेतक ढकालको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको बताइएको छ । सचेतक ढकालका अनुुसार उनी सुुत्ने कोठा, उनका बाबाआमा सुुत्ने कोठा र अर्को उनले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरका गाडीमा लक्षित गरी बम प्रहार भएको छ । बम कसले प्रहार गर्यो भन्ने खुल्न सकेको छैन ।

काठमाडौंको मेडिसिटी हस्पिटलमा विगत चार दिनदेखि उपचाररत प्रमुख सचेतक ढकालले आफु घरमै रहेको ठानेर बम प्रहार गरिएको टिप्पणी गरे।

इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रहरी निरिक्षक रवि मैनालीले बम प्रहारबाट गाडीमा क्षति पुगेको जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया