आफ्नो आधार क्षेत्रमा प्रवेश गरेको भन्दै मुख्यमन्त्री लक्ष्यित गरेर बम बिष्फोट

आफ्नो आधार क्षेत्रमा प्रवेश गरेको भन्दै मुख्यमन्त्री लक्ष्यित गरेर बम बिष्फोट


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० साउन २०७६
  • 6.9K
    Shares

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको बिरोधमा बम बिस्फोट

समानान्तर सत्ता चलाइरहेको दाबी गर्ने बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो आधार क्षेत्र मानिएको कालिकोट जिल्लाको विभिन्न गाउँहरुमा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको बिरोधमा बम बिस्फोट गराएका छन्।

आफ्नो गृह जिल्ला र जन्मथलो रहेको कालिकोट पुगेका मुख्यमन्त्री शाहीबिरुद्ध उनलाई लक्षित गरी बुधबार पचाल झरनाको फेदमा र बिहिबार रास्कोटमा बम बिस्फोट गराएका हुन्।

सार्वजनिक जीप चढेर आफ्नो निर्वाचन क्षेत्र घुम्न जाँदै मुख्यमन्त्री महेन्द्र बहादुर शाही
सार्वजनिक जीप चढेर आफ्नो निर्वाचन क्षेत्र घुम्न जाँदै मुख्यमन्त्री महेन्द्र बहादुर शाही

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डीएसपी विनोद शर्माका अनुसार, बुधबार बेलुका पचालझरना गाँउपालिकाले आयोजना गरेको सभामा सम्बोधन गरिरहेका बेला कार्यक्रम स्थलबाट ५ किलोमिटर टाढा दुईवटा बम विस्फोट गराइएको थियो भने बिहीबार बिहान १० बजे रास्कोट नगरपालिकाको मौलाकोटमा पनि दुई बटा बम विस्फोट भए ।

डीएसपी शर्मासहित २६ जना प्रहरीको टोली मुख्यमन्त्री शाहीको सुरक्षामा खटिएका छन्। प्रहरीको कडा सुरक्षा घेरामा संचालन भैरहेको कार्यक्रममा बोल्दै बेला मुख्यमन्त्री शाहीले विप्लव नेतृत्वको ने.क.पा.का नेता कार्यकर्तालाई मूलधारको राजनीतिमा आउन आग्रह गरे । उनले जनयुद्धको उपलब्धिकै कारण आफूहरुले सरकारको नेतृत्व गरिरहेको बताउदै केही असन्तुष्टि राखेर टाढा–टाढा बम पट्काउँदैमा केही उपलब्धि नहुने स्पष्ट पारे।

यसैबीच विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी मनीलाल ऐडीले मुख्यमन्त्री शाहीसहित ठूलो सुरक्षा फौज आफ्नो अनुमति बिना आधार इलाका प्रबेश गरेकाले सांकेतिक रुपमा प्रतिरोध गरिएको बताए। ‘अहिले संसदीय दलाल राज्य सत्ता र नेकपाको जनसत्ता बीचको लडार्इं चलिरहेको छ।’ एैडीने भने–‘हामीले प्रतिबन्ध लगाएको सत्ताका मान्छेहरु आउँदासांकेतिकरुपमा बम बिस्फोट गराएर विरोध जनाएका हौं।’ अझै अटेर गरी आफ्नो आधार इलाकामा गतिबिधि बढाए सशक्त प्रतिकार गर्ने उनले चेतावनी दिए।

सरकारका मान्छे जनताका आवश्यकता पूरा गर्न, जनताका पीडा बुझ्न भन्दापनि फूलमाला र अबिर लगाउन आएकाले आफूहरुले विरोध गरेको उनले दाबी गरे।

प्रतिक्रिया