ने.क.पा.द्वारा वडाध्यक्ष थापामाथि कालोमोसो दलेर ‘जनकारवाही’

ने.क.पा.द्वारा वडाध्यक्ष थापामाथि कालोमोसो दलेर ‘जनकारवाही’


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० साउन २०७६
  • 5.7K
    Shares

वडाध्यक्ष हिराबहादुर थापा

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले विभिन्न आरोप लगाउदै म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिरा बहादुर थापालाई ‘जनकारवाही’ गरेको छ।

वडाध्यक्ष थापालाई ने.क.पा.का कार्यकर्ताहरुले कालोमोसो दल्नुका साथै चप्पलको माला लगाएर ‘जनकारवाही’ गरेको प्राप्त समाचारमा जनाइएको छ।

प्राप्त समाचार अनुसार,  वडाध्यक्ष थापाले वडा कार्यालयबाट बिनियाेजित बजेटबाट संचालित योजनाहरुमा उपभोक्ता समिति मार्फत कमिसन मागेकाे, आफ्नै कार्यालयमा कार्यरत एक सहयोगी महिलासंग अनैतिक सम्बन्ध राखेकाे, सेवाग्राहीसंग नाताबाद- कृपाबादकाे ब्यबहार गरेकाे र सेवाग्राही जनतासंग मनपरी तरीकाले शुल्क उठाएको आरोप ने.क.पा. म्याग्दीले लगाएको छ।

ने.क.पा. म्याग्दीले लगाएको आरोप सम्बन्धमा ‘जनकारवाही’ गरेको भनिएका वडाध्यक्ष थापाले आफ्नो आधिकारिक धारणा हालसम्म सार्वजनिक गरेका छैनन् भने प्रहरीले त्यस घटना सम्बनधमा कुनै जानकारी दिएको छैन।

प्रतिक्रिया