पक्राउ पूर्जी टाँस्न विद्यार्थी नेताको घर पुगेका प्रहरीलाई स्थानीयले लखेटे

पक्राउ पूर्जी टाँस्न विद्यार्थी नेताको घर पुगेका प्रहरीलाई स्थानीयले लखेटे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ साउन २०७६
  • 8K
    Shares

हर्कबहादुर बिक

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हर्कबहादुर बिकलाई पक्राउ गर्न उनको घरमा पक्राउ पुर्जी टाँस्न पुगेको प्रहरीलाई स्थानीयले लखेटेका छन् ।

सोमबार दिउँसो प्रहरी पुर्जी बोकेर पञ्चदेवल विनायक नगरपालिका–२ धाउखानी स्थित बिकको घरमा पुगेको थियो । प्रहरी टोली घरमा पुगेर पुर्जी टाँस्न तयारी गर्दैगर्दा स्थानीय भेला भएर सामुहिक प्रतिकार गरेका थिए । स्थानीयको अवरोध तथा प्रतिकारका कारण प्रहरी पुर्जी नटाँसेरै फिर्ता भएको थियो । प्रहरीले पुर्जी बुझ्न र हस्ताक्षर गर्न आग्रह पनि गरेको थियो । तर स्थानीयले प्रहरीको अनुरोधलाई बेवास्ता  गर्दै  पुर्जी बुझ्न र टाँस्न नदिएर  ‘तुरुन्त नफर्किए नराम्रो हुने’  चेतावनी दिएका थिए । स्थानिय जनताको अबरोध र प्रतिकार पछि प्रहरी पक्राउ पुर्जी नटाँसी फर्किएका थिए।

जिल्ला अदालत मंगलसेनको आदेशमा बिकलाई उपस्थित हुन म्याद टाँस्न प्रहरीले टोली घरमा पुगेको स्थानीयले बताएका छन् । यसअघि नेकपाले निर्वाचन बहिस्कारको बेला यो टोलबाट शून्य मतदान भएको थियो ।

प्रतिक्रिया