क्रान्तिकारी माओवादीद्वारा उपनिर्वाचन बहिष्कार गर्ने घोषणा

क्रान्तिकारी माओवादीद्वारा उपनिर्वाचन बहिष्कार गर्ने घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ साउन २०७६
  • 7.6K
    Shares

मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्किारी माओवादी)ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन सक्रियरुपमा बहिष्कार गर्ने घोषणा गरेको गरेको छ ।

महासचिव किरणको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा प्रदेशसभाका र स्थानीय तहका रिक्त रहेका ५० पदपूर्तिका लागि हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो । उपनिर्वाचन सक्रिय रुपमा बहिष्कार गरिने भनिए पनि कस्तो खालको सक्रिय बहिस्कार हो भन्ने बारेमा स्पस्ट पारिएको छैन।

सत्ता तथा व्यवस्था बदनाम हुँदै गएकोले यो अवस्थामा निर्वाचनको उपयोग गरेरभन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने ठहर गर्दै उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीको तर्क छ ।

यस्तै बैठकले भारतको संविधानमा धारा ३७० र ३५ (क) को व्यवस्था खारेज गरिएकोमा बिरोध गरेको छ । केही दिनअघि मात्रै भारतले उक्त धारा खारेज गरी काश्मीरको विशेष अधिकारी खोसेको थियो भने लद्दाखलाई अलग गराएको थियो ।

प्रतिक्रिया