अन्तत: नायिका शिल्पा पोखरेललाई प्रहरीले पक्राउ गर्ने भएको छ। उच्च अदालत पाटनले नायिका शिल्पा पोख्रेलको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्विकार गरे पछि नायिका पोखरेललाई प्रहरीले पक्राउ गर्ने भएको हो ।
जिल्ला अदालत काठमाडौंले निर्देशक छबि राज ओझा र नायिका पोख्रेल विरुद्ध बहुविवाहको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि त्यसविरुद्द शिल्पा गत साउन १६ मा निषेधाज्ञाको मुद्दा लिएर उच्च अदालत पाटन गएकी थिइन । तर न्यायाधीशद्दय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको इजलाशले शिल्पाको पक्षमा आदेश जारी गर्न अस्वीकार गर्यो ।
उच्च अदालत पाटनको यो आदेशपछि छवि र शिल्पालाई पक्राउ गर्ने कानुनी बाटो झन बलियो बनेको छ । निर्देशक ओझाकी पहिलो पत्नी हेमा ओझाले गत साउन ८ मा छबि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गरेकी थिइन । त्यसपछि जिल्ला अदालत काठमाडौंले दुवैविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।