बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति कास्कीले जिल्ला सेक्रेटरी दाबी गरिरहेका नेता सन्तोष परियार ‘परिवर्तन’लाई कारवाही गरेको छ।
ने.क.पा. कास्की जिल्ला पार्टी सदस्य एबम अन्नपूर्ण गाउपालिका इन्चार्ज समेत रहेका नेता परिवर्तनलाई पार्टीले साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको हो। नेपाल कम्युनिष्ट पार्टी कास्कीका जिल्ला इन्चार्ज रुपेशले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै जिल्ला पार्टी सदस्य एबम अन्नपूर्ण गाउपालिका इन्चार्ज समेत रहेका नेता परिवर्तनलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको जानकारी दिएका हुन्।
इन्चार्ज रुपेश्ले आफ्नो बिज्ञप्तिमा “नेपालमा एकीकृत जनक्रान्तिको राप र ताप बढिरहेको अवस्थामा हाम्रो पार्टीभित्र क्रान्तिकारीका नाममा घुसेका अस्थायी क्रान्तिकारी वा अवसरवादी, क्रान्तिकारी र जनताका आँखामा देखावटी, बोक्रे क्रान्तिकारीहरु आफ्नो स्वार्थ पूरा हुने अवस्था नदेखेपछि पार्टी र क्रान्तिलाई लान्छना लगाउँदै बाहिरिन थालेका छन् । उल्लेखित प्रवृत्तिका, पार्टी र क्रान्तिको नाममा अधिक फाइदा उठाउन खोज्ने, पार्टी र क्रान्तिलाई बदनाम गर्दै दलाल सत्ताका सामु घुँडा टेक्ने हाम्रो पार्टीका जिल्ला कमिटि सदस्य एवं अन्नपूर्ण गाउँपालिका ईञ्चार्ज सन्तोष परियार “परिवर्तन”लाई साधारण सदस्यता समेत नरहने गरी कारवाही गरिएको जानकारी गराउन चाहान्छौं ।” भनेका छन्।
सोही बिज्ञप्ति मार्फत ने.क.पा. कास्कीले आफ्नो पार्टीको नाममा निज व्यक्तिसँगै कुनै काम-कारवाही नगर्न र नगराउनुहुन सम्बन्धित सबैलाई जानकारी गराउंदै पार्टीको नाममा हुनसक्ने गलत कृयाकलापप्रति सचेत रहन पनि सम्बन्धित पक्ष र सरोकारवालाहरुसँग अपिल गरिएको छ ।
गएको असोज २५ गते कास्की जिल्लाको अन्नपूर्ण गाउपलिकाको घान्द्रुकस्थित ऊरीमा अखिल क्रान्तिकारी कास्की र अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटि कास्कीको संयुक्त बैठक भैरहेका बेला उनी लगायत २० जनालाई प्रहरीले बैठकस्थलबाट गिरफ्तार गरेको थियो। उनी आफु गिरफ्तार हुनु अघि आफुले ने.क.पा. कास्कीको जिल्ला सेक्रेटरी पद पाउनुपर्ने दाबी गर्दै आएका थिए।
हेर्नुस नेता परिवर्तन लाई कारबाही गरिएको ने.क.पा. कास्कीको बिज्ञप्ति

नेपालमा चलिरहेको एकीकृत जनक्रान्तिमा दुईथरी प्रवृत्तिका मान्छे देखिएको उल्लेख गर्दै सो बिज्ञप्तिमा अघि के भनिएको छ भने, ” पहिलोथरीमा क्रान्तिकारी आन्दोलन, पार्टी र क्रान्तिमा सहभागी भएपछि त्यसको उद्देश्य, लक्ष्य, विचार र आदर्शका लागि जस्तोसुकै खतरा, जोखिम र कठिनाई पनि मोल्न तयार हुने, हिरासत र जेल बस्न तयार हुने साथै सङ्घर्ष गर्दागर्दै आफ्नो जीवन नै दिनु परे पनि नहिच्किचाउने र बलिदान गर्ने पर्दछन् भने दोस्रो थरी मान्छेहरु क्रान्तिकारीहरूमा परिवर्तन र क्रान्तिको चाहना त राख्ने, क्रान्तिमा सहभागी पनि बन्न आउने, कुरासम्ममा चर्कै पनि गर्ने, फाइदा सोहोर्न पाए सोहोर्ने, तर क्रान्तिले माग गर्ने दुःख, कष्ट, त्याग र बलिदान गर्न तयार नहुने, प्रतिक्रियावादीहरूको दबाबमा परेर बीचबाटै पुरानो समाजतिर फर्किने, जनताका वैरीसँग आत्मसमर्पण गर्ने, झुक्ने, जीवनको रक्षाका लागि लुटेराहरूसँग याचना गर्ने, प्राणको भिख माग्ने, क्रान्ति छोडेर क्रान्तिकारी योद्धाहरूलाई धोका दिने, आफ्नै सहयोद्धा र नेताहरूको सुराकीसम्म गर्न पछि नपर्ने गद्दारहरू पर्दछन् । “
त्यस्तै पुलिसको हातमा पर्दासाथ, हिरासतमा धम्कीकै भरमा वा केही यातना पाएपछि आतङ्कित हुँदै, केही विभिन्न लोभलालचमा फसेर वा केही आफ्नो विचारमा टिक्न नसकेर गल्ने, कागज गर्ने, सरकारी मान्छेहरूलाई अनुनयविनय गर्ने, आत्मसमर्पण गर्ने, कुरा खोल्ने, कमरेडहरू बसेको ठाउँ देखाउँदै हिँड्ने, नेतालाई गिरफ्तार गराउनेसम्ममा पुगेका छन् । यस्ता मान्छेले जतिसुकै धाक र गफ लगाए पनि वा पार्टीलाई छलछाम गर्न खोजे पनि यिनीहरू क्रान्तिकारी र जनताका आँखामा देखावटी, बोक्रे, अस्थायी, अवसरवादी एवम् धोकेबाज मान्छेहरू हुन् । यिनलाई क्रान्तिकारीका नाममा घुसेका अस्थायी क्रान्तिकारी वा अवसरवादी भन्न सकिने बिज्ञप्तिमा जनाइएको छ ।
गएको असोज २५ गते कास्की जिल्लाको अन्नपूर्ण गाउपलिकाको घान्द्रुकस्थित ऊरीमा अखिल क्रान्तिकारी कास्की र अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटि कास्कीको संयुक्त बैठक भैरहेका बेला उनी लगायत २० जनालाई प्रहरीले बैठकस्थलबाट गिरफ्तार गरेको थियो। कास्की प्रहरीले राजद्रोहको मुद्दा लगाएकोमा बन्दी प्रत्यक्षीकरणको मुद्दा परेपछि उनी समेतका ने.क.पा.का नेता तथा कार्यकर्ताहरुलाई उच्च अदालत पोखराले रिहा गरे पनि प्रहरीले फेरी गिरफ्तार गरेर तनहुँ पठाएको थियो।
तनहुँ प्रहरीमा रहंदा पनि बन्दी प्रत्यक्षीकरणको मुद्दा परेपछि उच्च अदालतकै आदेशमा उनीहरु फेरी छुटे। त्यसपटक पनि प्रहरीले गिरफ्तार गरेर स्याङ्गजा पुर्याएको थियो। जिल्ला अदालतको आदेश बमोजिम बिहिबार साधारण तारेखमा छुटेपछि नेता परिवर्तनले पार्टी परित्याग गर्ने जानकारी प्रहरी प्रसासनलाई जानकारी दिएका थिए। सोही बमोजिम शक्रबार उनले स्याङ्गजा जिल्ला प्रसासनमा आत्मसमर्पण गरेका छन् र हिरासतमुक्त भएका छन्।