एकाबिहानै त्रिशुलीमा बस खस्दा चार यात्रुको मृत्यु

एकाबिहानै त्रिशुलीमा बस खस्दा चार यात्रुको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २४ साउन २०७६
  • 5.3K
    Shares

सिरहाको मलंगवाबाट काठमाण्डौं आउंदै गरेको एक यात्रुबाहक बस एकाविहानै धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ४ जना यात्रुको मृत्यु भएको छ भने ११ जनाको उद्धार गरिएको छ ।

ना ६ ख ७४६९ नम्बरको उक्त बस शुक्रबार बिहान त्रिशूली नदीमा खस्दा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले उद्धारको काम भैहरेको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ । बसमा सवार हुनेहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष राय दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमार दुई जना, मलङ्गवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दास तीन जना, ब्रहम्पुुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियार चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह (वकिल), अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतो तीन जना, भारतका लरकवाका रामबाबु यादव तीन जना, भारतका कुवारीका अजय ठाकुर दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा रहेका छन् ।

बस चालक लक्ष्मण जमरकट्टेल, सहचालक प्रमोद चौधरी, कन्डक्टर ऋषि उप्रेती बसमा सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उद्धार गरिएका १६ को पहिचान भएको छ । पहिचान हुनेमा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन् ।

त्रिशूलीमा खसेको बसको आधा भाग मात्रै देखिएको छ। घाइतेलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।
सेना, नेपाल प्रहरी र प्रहरीले उद्धारको काम गरिरहेका छन् ।

प्रतिक्रिया