सडक डिभिजन कार्यालय पोखराका प्रमुख डिभिजनल इन्जिनियर हरि कुमार पोख्रेल र सोही कार्यालयकै इन्जीनियर पवित्रपणी आचार्यलाई अख्तियारले ९ लाख घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिएको छ ।
प्रमुख पोख्रेलकै निवासबाट बिहीबार सांझ करीब ७ बजे डिई पोखरेल र इन्जिनियर आचार्यलाई अख्तियारले ९ लाख रकम सहित नियन्त्रणमा लिएको हो।
सडक डिभिजन कार्यालय पोखरा अन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भन्दै उनीहरुले ठेकेदार ऋषि आचार्यसंग उक्त रकम बुझेको बताइएको छ।
बिन्ध्यवासिनी हरिचोक बाटो निमार्णको ठेक्का पाएको जिएमआर कम्पनिका ठेकेदार ऋषि आचार्य र इन्जिनियर पबित्रमणि आचार्य पैसा बोकेर प्रमुख हरि प्रसाद पोखरेलको निवास पुगेका थिए ।
उनीहरुले झोलामा लगेको ९ लाख रुपैया हरि प्रसाद पोख्रेललाई बुझाएको र पोख्रेलले सो रकम राख्नका लागि आफ्ना भान्सेलाई दिएका थिए । उनका भान्सेले सो रकम लेखा अधिकृतका भान्सेलाई राख्न दिएको समयमा अख्तियारको टोलिले बिशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
घुस दिंदा दिंदै पक्राउ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट टोली आएको थाहा पाएपछि तेकेदार आचार्य भने भागेको प्राप्त समाचारमा जनाइएको छ।
उक्त नगद बिन्ध्यवासिनी हरिचोक बाटो निमार्णको ठेक्का लेनदेनको हुनसक्ने आशंका श्रोतको रहेको छ । यसरी सडक डिभिजन कार्यालयका प्रमुख र इन्जिनियरको सेटिङमा पैसाको लेनदेनमा भएको खुल्न आएको छ ।