फुलन्देकी आमा र लोकगायिका सबिना गुरुङ जापानको विमानस्थलबाटै नेपाल फर्काइए

फुलन्देकी आमा र लोकगायिका सबिना गुरुङ जापानको विमानस्थलबाटै नेपाल फर्काइए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ साउन २०७६
  • 8.3K
    Shares

सांस्कृतिक कार्यक्रमको लागि जापान पुगेका हास्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सबिना गुरुङलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ ।

चर्चित हास्य कलाकार उमेश राई उर्फ फुलन्देकी आमा र गायिका सबिना गुरुङलाई तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको रोधी साँझ कार्यक्रमको लागि बोलाइएको थियो ।

तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि गएका उनीहरुलाई नेपालस्थित जापानी दूतावासले प्रवेशाज्ञा (भिसा) दिएको थियो ।  तर विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटि भएको भन्दै उनीहरुलाई फिर्ता पठाइएको तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ ।

यद्यपि यी दुई कलाकार नभए पनि कार्यक्रम भने तोकिएकै मितिमा हुने आयोजकले जनाएको छ ।

पछिल्लो समय बिदेशमा आफ्नो प्रस्तुति दिनका लागि गएका नेपाली कलाकारहरुलाई एक पछि अर्को किसिमका अवरोध पुर्याउन थालिएको छ । केहि महिना अघि मलेसिया पुगेका गायिका श्रेया राई र सुनिता थेगिमलगायतका कलाकारलाई मलेसियामा पक्राउ गरेर केहि दिन हिरासतमा राखियो र नेपाल फर्काइयो ।

प्रतिक्रिया