कैलालीमा प्रहरी विरुद्ध नै ने.क.पा.द्वारा पक्राउ पुर्जी जारी, २५ दिनभित्र उपस्थित हुन उर्दी, दुई जना ने.क.पा. नेता गिरफ्तार

कैलालीमा प्रहरी विरुद्ध नै ने.क.पा.द्वारा पक्राउ पुर्जी जारी, २५ दिनभित्र उपस्थित हुन उर्दी, दुई जना ने.क.पा. नेता गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ साउन २०७६
  • 7.4K
    Shares

भैरव कुँवर

प्रहरीले देशभर नेत्रविक्रम चन्द विप्लवका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेका बेला कैलालीमा भने विप्लव नेतृत्वको नेकपाले गुप्तचर विभागका कर्मचारीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको छ ।

विप्लवका नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय अनुसन्धान विभागका असई भैरव कुँवरलाई ‘पक्राउ पुर्जी जारी गरेपछि सरकार र विप्लप बिचको तनाव बढ्ने आशङ्का गरिएको छ ।

साउन १७ गते अर्थात् शुक्रवार जारी गरिएको पक्राउ पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई २५ दिनभित्र उपस्थित हुन भनिएको छ । कैलाली जनअदालत प्रमुख विकासको नामबाट उक्त पक्राउ पुर्जी जारी गरिएको छ । पक्राउ पुर्जी कुँवरको घर आसपास सार्वजनिक स्थानहरूमा टाँसिएको छ ।

कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ । पक्राउ पुजीमा जुनसुकै बेला पनि ’इन्काउन्टर’ गर्न आदेश जारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जनाअदालतद्वारा जारी पक्राउ पुर्जी
जनाअदालतद्वारा जारी पक्राउ पुर्जी

यसैबीच, नेपाल कम्युनिस्ट पार्टीका कैलाली जिल्ला सदस्य बन्दु बमलाई शुक्रबार चौमलाबाट र शनिबार विहान जिल्ला सदस्य तथा जानकी गाउँपालिका इन्चार्ज राम विकलाई केपी–बादल गृह प्रशासनले गिरफ्तार गरी वेपत्ता बनाएको कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले बताएका छन् ।

सामाजिक फासिवादी केपी–पिके सरकारले पार्टीकामको सिलसिलामा खटिरहेको अवस्थामा विभिन्न ठाउँबाट जिल्ला सदस्य बन्दु बम र राम विकलाई गिरफ्तार गरी वेपत्ता बनाएकोप्रति कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले घोर भत्र्सना गरी तुरुन्त स–सम्मान रिहा नगरे कडाभन्दा कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया