ने.क.पा.का शिर्षस्थ नेताहरु रहेको नख्खु कारागारमा सुरक्षा ब्यबस्था कमजोर, कैदीबिचको झडपमा एकको मृत्यु

ने.क.पा.का शिर्षस्थ नेताहरु रहेको नख्खु कारागारमा सुरक्षा ब्यबस्था कमजोर, कैदीबिचको झडपमा एकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ साउन २०७६
  • 6.7K
    Shares

नख्खु कारागार

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई राखिएको नख्खु कारागारमा सुरक्षा ब्यबस्था कमजोर देखिएको छ।  ने.क.पा.का स्थायी कमिटि सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’, तात्कालीन उपत्यका ब्युरो इन्चार्ज माइला लामा लगायतका उच्चस्तरका राजनीतिक नेताहरु रहेको ललितपुरको नख्खु कारागारमा कमजोर सुरक्षा ब्यबस्थाकाकारण कैदीहरुबीच झडप हुँदा एक कैदीको मृत्यु भएको छ।

मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दाका पूर्णबहादुर राजी छन् । उनी मानसिक रोगी समेत भएको जनाइएको छ । उनलाई सोही कारागारमा कैदी जीवन बिताइरहेका ज्यान मुद्दाकै पवनकुमार महतोले कुटपिट गरेको प्रहरीको दाबी छ।

दुवै जना कोठा बाहिर घाम तापेर एक-अर्काको जुम्रा हेरिरहेका उनीहरुबीच अचानक कुटाकुट भएको र उनलाई कर्तब्य ज्यान मुद्दाकै पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लक प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले राजीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे ।

घाम तापेर एकले अर्काको जुम्रा हेराहेर गरेका उनीहरु एकापसमा कुटाकुट गर्दा अन्य कैदीबन्दीले छुट्टाएका थिए । कुटाकुटपछि सख्त घाइते राजीलाई प्रहरीले उपचारका लागि वीर हस्पिटल पुर्याएको थियो भने कुट्ने महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले नियन्त्रणमा लिएको छ ।

कारागारभित्र झडप हुँदा अन्य कैदीहरुले छुट्टाउनुपर्ने र कारागार सुरक्षार्थ खटिएका

 

 

प्रतिक्रिया