वडा कार्यालयमा आगजनी गरेको आरोपमा ने.क.पा.का चार कार्यकर्ता पक्राउ, हतियार समेत बरामद भएको प्रहरीको दाबी

वडा कार्यालयमा आगजनी गरेको आरोपमा ने.क.पा.का चार कार्यकर्ता पक्राउ, हतियार समेत बरामद भएको प्रहरीको दाबी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १६ साउन २०७६
  • 6.7K
    Shares

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा नम्वर ३ को कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले रौतहटबाट ‘विप्लव’ नेतृत्वको ने.क.पा.का चार जना कार्यकर्तालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्वर चार टेकान टोलका मानबहादुर वाइवा र राम बहादुर घिसिङ लगायत चारजना रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्लाको उत्तरीभेग चन्द्रपुर नगरपालिकाको वडा नम्वर ३ को कार्यालयमा बुधबार साँझ  आगजनी गरेलगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुको बयानको आधारमा बुधबार साँझ चन्द्रपुरको टेकानटोलस्थित वाइवा र घिसिङको घर खानतलासी गर्दा घिसिङको घरबाट एक थान स्वचालित पेस्तोल र एक थान नलकटुवा पेस्तोलसहित १० राउन्ड गोली बरामद भएको छ ।

यता बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेताहरु हतियारसहित पक्राउ परेको बारेमा केही बोलेको छैन।  वाइवा पूर्व माओवादी कार्यकर्ता हुन् भने घिसिङ विगत केही महिनायता विप्लव माओवादीका सहयोगी रहँदै आएका थिए । अन्य दुईजना बारे अनुुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।

प्रतिक्रिया