आज पोखरामा बर्तमान राजनीतिक अबस्था र मानव अधिकार बिषयमा जनअधिकार नेपाल द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अधिवक्ता एकराज भण्डारी, मानवअधिकारकर्मी टेकनाथ बराल, बरिष्ठ लेखक तथा विश्लेषक नरेन्द्र जंग पीटर, कानूनविद तथा नेपाली कांग्रेसका प्रभाबशाली नेता यज्ञ बहादुर थापा, राजनीतिकर्मी झलकपाणी तिवारी, कानूनविद तिलक पराजुली , अधिकारकर्मि सन्तोष कोईराला लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा राजनितिककर्मी, मानव अधिकारकर्मी, कानुनविद, बुद्दिजीवि र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै बक्ताहरूले नेपालको राजनीतिलाई निकै गम्भीर रुपमा लिइएको साथै सरकार असफलता तिर गइ रहेको र सरकारले फाँसीवादी कदम चाल्दै विप्लव नेतृत्व को नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएपछि नक्कली मुठभेडको नाममा जनहत्या गरेको आरोप लगाएका थिए । एउटा राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाईनु सरकारको सरासर गलत कदम भएको जिकिर समेत उनीहरुले गरेका थिए । बोल्ने क्रममा वक्ताहरुले विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन सरकारले सहजता अपनाउनु पर्ने साथै बार्ताका लागि अनुकूल वातावरण मिलाउनु पर्ने कुरामा जोड दिएका थिए ।