प्रहरीको सुरक्षामा महसाचिव बिप्लवको गाउँमा स्वास्थ्य शिबिर, गाउँले उत्साहित

प्रहरीको सुरक्षामा महसाचिव बिप्लवको गाउँमा स्वास्थ्य शिबिर, गाउँले उत्साहित


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ असार २०७६
  • 11.6K
    Shares

केही महिना अघि ने.क.पा. महासचिव बिप्लवको घर रहेको कपिलवस्तु जिल्लाको शिवगढी नगरपालिका वडा नम्बर  ३ भगवानपुरमा छापा मार्न पुगेका ठुलो संख्याका प्रहरीलाई स्थानीय बासिन्दाले अवरोध गरेर छापा मर्ने नदिई फर्काए ।  त्यही ठाउँमा आइतबार सम्पन्न भएको दुई दिने स्वास्थ्य शिविरलाई प्रहरीहरुले सुरक्षा दिईरहेका थिए ।  न त्यहाँ कोही रिस राग थियो, न बिबाद अनि झडप ।

सबका सब आ-आफ्नो धुनमा थिए , कपिलवस्तुस्थित शिवगढी नगरपालिका वडा नम्भबर ३ भगवानपुरको नेपाल राष्ट्रिय आधारभुत बिधालयको प्रागंणमा प्रहरीहरु सुरक्षा दिईरहेका थिए, झमझम पानी  दर्किरहेको थियो, कोहि छाता ओडेर त कोहि भिज्दै स्थानीय बासिन्दा लाइनमा लागेर आफ्नो स्वास्थ्य परीक्षण गरेर खुशीका साथ् घर फर्किरहेका थिए ।

स्वास्थ्य शिविरमा खटिएका प्रहरीहरु
स्वास्थ्य शिविरमा खटिएका प्रहरीहरु

सहिद स्मृति प्रतिष्ठान कपिलवस्तुको आयोजना तथा  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलबस्तुको सहजीकरण र भात्री संगठन अखिल जनस्वास्थ्यकर्मी महासंघको ब्यवस्थापनमा भएको दुई दिने स्वास्थ्य शिबिरमा यस्तो मैत्रीपूर्ण वातावरण देखिएको थियो  ।

कपिलवस्तुको भगवानपुरमा आयोजित स्वास्थ्य शिविरमा उपस्थित स्थानीय बासिन्दा

कपिलवस्तुमै रहेर पनि अविकसित जस्तै रहेको शिवगढी नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको गाउँ हो । त्यस स्वास्थ्य शिविरमा चितवन मेडिकल कलेजमा अध्ययनरत विप्लव पुत्र प्रकाश चन्द आफैं बिरामीहरुको स्वास्थ्य परीक्षण गर्न खटिएका थिए । अखिल जनस्वास्थ्यकर्मी  महासंघको महासचिब समेत रहेका विप्लव पुत्र प्रकाशको नेतृत्वमा चितवन मेडिकल कलेजका ४० जना स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।

स्वास्थ्य शिविरमा वितरण गर्न ल्याइएको औषधी

स्त्रीरोग, बालरोग, हाडजोर्नी, छाला तथा यौनरोग, नाक कान तथा घाटी, प्रयोगशाला लगायतका बिषयमा स्वास्थ्य परीक्षण गरिएको स्वास्थ शिविरमा पहिलो दिन १ हजार ५० जना बिरामी स्वास्थ जाचको लागि आएका थिए भने दोस्रो दिन १२ सय जना बिरामीहरु चेकजाँच गरेका थिए । स्वास्थ्य शिविरबाट उत्साहित बनेका स्थानीय बासिन्दाले स्वास्थ शिविरलाई अझ केही दिन  लम्ब्याउन अनुरोध समेत गरेका थिए ।

जनस्वास्थ्यकर्मी महासघको महासचिव समेत रहेका विप्लवका पुत्र प्रकाशले अघिपछि राज्यको  उपस्थिति  शुन्यप्राय: हुने त्यस ठाउँमा स्वास्थ्य शिविरको संचालन गरेर जनतालाई थोरै भएपनि राहत महशुस गराउन खोजेको बताए । उनले  यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने बचन पनि दिए  ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार