धरानमा लघुवित्त संस्थाका कर्मचारीमाथि गोली प्रहार गरी चार लाख लुटपाट

धरानमा लघुवित्त संस्थाका कर्मचारीमाथि गोली प्रहार गरी चार लाख लुटपाट


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १२ जेष्ठ २०७६
  • 9.1K
    Shares

धरानमा रहेको जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई आइतबार धरान उपमहानगरपालिका- ५ स्थित साउनेमा गोली प्रहार गरी  ४ लाख १० हजार नगद लुटपाट गरिएको छ।

कम्मरमा गोली लागि घाइते भएका गच्छदारको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।घटनास्थलमा प्रहरीको टोली परिचालन गरी हतियारधारी समूहको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेको नेतृत्वमा प्रहरी पुगिसकेको छ। घटनापछि धरान बजार र नजिकका नाकामा कडाई गरिएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया