अनेरास्वोवियु क्रान्तिकारी कास्कीका जिल्ला अध्यक्ष् प्रकाश बास्तोला क्याम्पस भित्रैबाट पक्राउ

अनेरास्वोवियु क्रान्तिकारी कास्कीका जिल्ला अध्यक्ष् प्रकाश बास्तोला क्याम्पस भित्रैबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ चैत्र २०७५
  • 7.7K
    Shares

प्रकाश बास्तोला

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट २ विद्यार्थी कास्कीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्रान्तिकारी विद्यार्थी संगठनका पृथ्वीनारायण क्याम्पस संयोजक प्रकाश बास्तोला र विद्यार्थी नेता उज्वल पुन छन् ।

विद्यार्थी नेता बास्तोला शहिद बिजय वास्तोलाका छोरा हुन् । उनीहरुलाई कास्की प्रहरीले क्याम्पसभित्रबाट पक्राउ गरेको थियो।

प्रदेश २ मा भएको योजनाबद्द एसईई परीक्षा पत्रमा भएको अनिमियतता,पोखरा विश्वविद्यालयको परीक्षा स्थगित, पार्टीमाथि लगाएको प्रतिबन्ध र देशैभरी बाट नेता कार्यकर्ता तथा सर्वसाधारण जनतामाथि सरकारले गरेको गिरफ्तारी,याताना र अनाबश्यक डर त्रास फैलाएको बिरोधमा प्रदर्शन गरेको थियो । तेस कार्यक्रममा फोटो खिच्न पुगेका पत्रकार  महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । तर उनलाई केही समयपछि रिहा गरेको एसपी ओम रानाले जानकारी दिए ।

प्रतिक्रिया