पोखरा- अखिल (क्रान्तिकारी)का बाँके जिल्ला सचिवालय सदस्य तथा कोहलपुर नगर इकाई अध्यक्ष सुनिल वटालालाई प्रहरीले गिरफ्तार गरेको छ । संगठनको कामको शिलशिलामा शनिबार गिरफ्तार गरिएको अखिल (क्रान्तिकारी) बाँकेले जनाएको छ ।
बटालालाई अपहरणशैलीमा बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको बाके जिल्लाले बताएको छ ।
संगठनका जिल्ला अध्यक्ष मदन चन्द द्धारा हस्ताक्षर प्रेस विज्ञप्तिमा गिरफ्तारीको निन्दा गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन् –‘नेपालको शिक्षामा भएको निजिकरण, व्यापारीकरण, दलालीकरण र माफीयाकरणको पूर्णरुपमा अन्त्य गर्दै सार्वजनीक शिक्षालाई सबै जनताका छोरा–छोरीहरुको पहुँच र गुणस्तर वृद्धि गर्ने अभियानमा लागेका क्रान्तिकारी विद्यार्थी नेताको गिरफ्तारीले केपी सरकारको जनविरोधी तथा राष्ट्रघाति चरित्र उदाङ्गो भएको छ ।’
चन्दले वर्तमान शिक्षाको विकल्पमा वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको अभियानमा लाग्दै गर्दा गिरफ्तार भएका वटालालाई बिनासर्त यथासिघ्र रिहाई गर्न जोडदार माग गरेका छन्,रिहा नगरे आफुहरु जस्तो सुकै कडा संघर्षमा उत्रिने चेतावनी समेतदिएका छन्।