बैधानिकताको नाममा घुसेका बिचौलियाका कारण बजार अस्तब्यस्त

बैधानिकताको नाममा घुसेका बिचौलियाका कारण बजार अस्तब्यस्त


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ फाल्गुन २०७२
  • 14.3K
    Shares

सार्वजनिक खरिद ऐन अन्र्तगत सरकारले सस्थान वा सरकारी सम्पतीको खरिद बिक्री तथा भोगचलन गर्ने कानुन बनाएपछि वजार झन अस्तब्यस्त भएको छ । असंबन्धीत सेवाग्राहीलाई बोलपत्र हाल्न नपाउने प्रावधानलाई बेवास्था गर्दे खोलिएका टेन्डरहरुको कारण पहँुच र शक्तिकोे दुरुपयोग गर्नेहरुले मनोेमानी गर्ने ठाउ बनेको छ ।
पछिल्ला दिनहरुमा पोखरामा सस्थान वा सरकारी जग्गाहरु र ब्यापारीक कम्लेक्सहरुमा गरिएको ठेक्का प्रकृयामा असंबन्धीत ब्याक्तिहरुका हावि भएका छन । जिल्ला बिकास समिति, पोखरा उप–महानगरपालिकाका ब्यापारीक सटरहरु, साल्ट ट्रेडिङ, कृषि सामाग्री केन्द्र, नेपाल नागरीक उड्यन कार्यालयको नयाँबजारमा रहेको जग्गाहरुका भएको सार्बजनिक बोलपत्रमा असंबन्धीत ब्याक्तिहरुले ठेक्का पारेका छन । संबन्धीत सरोकारवालाहरु बिच प्रतिष्पर्धा गराउनु पर्ने कानुनी प्रावधानलाई लुकाएर गरिएका यस्ता ठेक्का प्रकृयाका कारण बजारमा अस्वभाविक मुल्य बृद्धिको खतरा देखिएको उपभोक्ताबादीहरुले बताउन थालेका छन ।
पछिल्लो समय पोखरा उपमहानगरपालिकाले ब्यबस्थीत बनाएको फुटपाथका ब्यापारीहरु रहेको पोखरा सस्तो बजार लाई नागरीक उड्यन कार्यालयको जग्गामा स्टल बनाएर राखिएको थियो । उक्त जग्गालाई अन्य ब्याक्तिले भाँडामा लिएपछि उक्त स्थानमा के गर्ने भन्ने बिषयमा अन्यौलता थपिएको छ । यसअघि सात लाख भाँडा तिर्ने गरेका उक्त स्थानमा शुशिल कुमार थापाले मासिक २४ लाखमा भाँडामा लिएका छन । जसका कारण अब भाँडा दर अत्याधिक बृद्धि हुने भएपछि आफुहरु सो भाँडा तिर्न पनि नसक्ने र आफुहरुले गरेको लगानी फिर्ता दिनुपर्ने सस्तो बजारमा ब्यबशायिहरुको रहेको छ । तत्कालीन अबस्थामा फुटपाथ बाट हटाएको नगरपालिकाले उक्त बिषयमा सोच्नुपर्ने उनिहरुले बताएका छन । हामिहरु यस स्थान बाट जादैनो र चर्को भाँडा पनि तिर्न सक्दैनौ , सस्तो बजार ब्यबस्थापन समितिका अध्यक्ष केशब भुजेलले भने ।
करिव दुई सय ब्यापारी रहेको उक्त स्थानमा उनिहरुले करिब तिन करोडको भौतिक संरचनाको र्निमाण गरेका छन ।

प्रतिक्रिया