जापानमा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प, दश फिट अग्लो सुनामी

जापानमा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प, दश फिट अग्लो सुनामी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ६ मंसिर २०७३
  • 12.4K
    Shares

जापानमा महाभुकम्प पछि १० िपफट अग्लाे सुनामी

जापानको उत्तर–पूर्वी तटमा भूकम्पको जोडदार धक्का महसुन भएसँगै फुकुशिमा परमाणु संयन्त्रको क्षेत्रमा सुनामीको दश फीट अग्लो छाल ठोकिएको छ । फुकुशिमाबाट ७० किलोमिटर टाढा ११ किलोमिटर गहिराइमा ६.९ रेक्टर स्केलको भूकम्प आएको छ ।

सन् २०११ मा आएको सुनामीका कारण उक्त परमाणु संयन्त्र पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । आजको सुनामीले कुनै क्षति पुगेको खवर नआएपनि सुनामीको खतराको जारी रहेको बीबीसीले जनाएको छ । भूकम्पका कारण फुकुशिमाको तेस्रो रिएक्टर कुलिंग सिस्टमले काम गर्न छोडेको जापानका क्याविनेटका मुख्य सचिव योशिहिदे सुगाले बताए । तर, अहिलेसम्म तापक्रम बढ्ने संकेत देखिएको छैन ।  उनले स्थिति अध्ययनका लागि सरकारले एक टोली गठन गरेको जानकारी दिए ।

भूकम्पले मानवीय तथा भौतिक क्षति गरेको विवरण अहिलेसम्म कूने विवरण आएको छैन । भूकम्पका कारण राजधानी टोकियो पनि प्रभावित भएको थियो । जापान मौसमविज्ञान एजेन्सीले भूकम्प स्थानीय समय अनुसार मंगलबार विहान ६ बजे आएको जनाएको छ ।

जापानको कुमामोटो प्रान्तमा अप्रिलमा आएको भूकम्पमा ५० जनाको मृत्यु भएको थियो । सन् २०११ मा फुकुशिमामा भूकम्पका कारण १८ हजार भन्दा धेरैको मृत्यु भएको थियो ।

प्रतिक्रिया