पेट्रोलियम पदार्थ बोकेको ट्यांकरमा विस्फोट, ७० भन्दा बढीको मृत्यु

पेट्रोलियम पदार्थ बोकेको ट्यांकरमा विस्फोट, ७० भन्दा बढीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २ मंसिर २०७३
  • 11.6K
    Shares

 

मोजाम्बिकमा पेट्रोलियम पदार्थले भरिएको एउटा ट्यांकर विस्फोट हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार सो ट्यांकरबाट स्थानीयले इन्धन चोरी गरिरहेको अवस्थामा विस्फोट भएको हो ।

समाचार एजेन्सीहरुका अनुसार दुर्घटना भएको सो ट्यांकरबाट स्थानीले इन्धन निकालिरहेको समयमा विस्फोट हुँदा कयौं मानिस आगोको चपेटामा परेका थिए । विस्फोटमा एक सयभन्दा बढी मानिस घाइते भएको बताइएको छ ।

उक्त ट्यांकर बाएरा बन्दरगाहबाट पेट्रोल लिएर आउँदै गरेको अवस्थामा दुर्घटना भएको बताइन्छ । (एजेन्सी)

प्रतिक्रिया