अखिल (क्रान्तिकारी)द्वारा भगवती माविको भवन निर्माणमा भएको भ्रस्टाचारको छानविन शुरु, दोषीमाथि जनकार्वाहीको उद्घोष

अखिल (क्रान्तिकारी)द्वारा भगवती माविको भवन निर्माणमा भएको भ्रस्टाचारको छानविन शुरु, दोषीमाथि जनकार्वाहीको उद्घोष


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ माघ २०७५
  • 9.9K
    Shares

कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका वडा न. ९ स्थित भगवती मा बि मा भबन निर्माणका क्रममा भएको ब्यापक भ्रस्टाचारको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले छानविन शुरु गरेको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा त्यम माविको भवन निर्माण गर्दा २७ लाख रुपिया भ्रस्टाचार भएको उजुरी परेपछि आफ्नो संगठनले छानविन शुरु गरेको अखिल (क्रान्तिकारी) कास्कीका सदस्य गगनले जानकारी दिएका छन् l भवन निर्माणका क्रममा भ्रस्टाचारमा संलग्नलाई जनकारवाही गरिने उनले उद्घोष गरेका छन् ।

आर्थिक वर्ष २०७२/०७३ मा २७ लाख रुपियाँको भवन निर्माण गर्दा तथा पुस्तकालयको सामान खरीद गर्दा, आन्तरिक प्रशासनिक खर्च एबम सामान खरीद , विभिन्न व्यक्तिहरुलाई काम गराएबापत गरिएको भरपाई, र विज्ञान शिक्षक्ब्या नियुक्तिमा समेत व्यापक अनियमितता भएको, अखिल (क्रान्तिकारी) कास्कीको दाबी छ l

जनताको उजुरी परेपछि आवस्यक छानविन एबम सोधपुछका लागि बिद्यालयमा पुग्दा कुनै बिल/भरपाई नभेटिएको ने.क.पा. कास्की सदस्य एबम अन्नपुर्ण गाउन्पालिका इन्चार्ज परिवर्तनले जानकारी दिएका छन् l

प्रतिक्रिया