संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको गाडी नुवाकोटमा दुर्घटना, चालकको मृत्यु, पाँच घाइते

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको गाडी नुवाकोटमा दुर्घटना, चालकको मृत्यु, पाँच घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ माघ २०७५
  • 4.6K
    Shares

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का कर्मचारी चढेको बा ३ च ५७११ नम्बरको टाटा सुमो गाडी नुवाकोटको पूर्वी भेगमा रहेको थप्रेकमा मंगलबार बेलुकी दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरका अनुसार, सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वमा रहेको पञ्चकन्या गाउँपालिका–४ थप्रेकस्थित आरुखर्क सनलघारीमा भएको सो दुर्घटनामा चालक सर्लाहीका २४ वर्षीय सुमन बुढाथोकीको घटनास्थलमै मृत्यु भएको हो । घाइतेको नाम मंगलबार अबेरसम्म खुलेको छैन ।  गाडी कच्ची सडकबाट एक सय ५० मिटर तल खसेको छ ।

थप्रेकमा युएनडीपीको सहयोगमा निर्माण भई रहेको स्वास्थ्य चौकीको निरीक्षण गर्न कर्मचारी बट्टारबाट गाडी भाडामा लिएर गएका थिए । दुर्घटनाअघि उक्त गाडी घ्याङफेदी पुगेर सातविसे हुँदै आरुखर्क जाँदै गरेको थियो ।  दुर्घटनालगत्तै स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

प्रतिक्रिया