दलाल संसदीय व्यबस्थाबिरुद्ध सम्पुर्ण रास्ट्रवादी, देशभक्त, क्रान्तिकारी र बौद्धिक वर्गलाई ध्रुवीकृत हुन नेत्री आस्थाको आव्हान

दलाल संसदीय व्यबस्थाबिरुद्ध सम्पुर्ण रास्ट्रवादी, देशभक्त, क्रान्तिकारी र बौद्धिक वर्गलाई ध्रुवीकृत हुन नेत्री आस्थाको आव्हान


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ माघ २०७५
  • 6.2K
    Shares

ने.क.पा. रामेछापद्वारा मन्थलीमा आयोजित जनसभालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य एबम गण्डक ब्युरो संयोजक आस्था

मोनिका गुरुङ / रामेछाप l

नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एबम गण्डक ब्युरो इन्चार्ज सावित्री दुरा ‘आस्था’ले देशमा चरम भ्रस्टाचार,कालोबजारी, तस्करी, बलात्कार, हत्या-हिंसा अपराध जस्ता जगह्न्य घटना बढाउने  दलाल संसदीय व्यबस्थाबिरुद्ध लड्नका लागि सम्पुर्ण राष्टवादी ,देशभक्त, क्रान्तिकारी तथा बौद्धिक वर्गलाई नयाँ ढङगबाट ध्रुवीकृत तथा संगठित हुन आव्हान गरेकी छिन ।

नेपाल कम्युनिष्ट पार्टी रामेछापले माघ १ गतेदेखि थालेको पार्टी सुदृढीकरण तथा बिस्तर अभियानको क्रममा मन्थली नगरपालिका वडा नम्बर १० चनखुमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ने.क.पा. नेत्री आस्थाले यस्तो आव्हान गरेकी हुन् ।

विप्लव नेतृत्वको ने.क.पा.ले जारी राखेको एकीकृत जनक्रान्तिमार्फत प्राप्त हुने बैज्ञानिक समाजवादी ब्यबस्थामा यस्ता जघन्य अपराधको कुनै सम्भावना नरहने जिकिर गर्दै अभियान प्रमुख समेत रहेकी उनली नेपालमा नेपाली जनताको मुक्ति र बैज्ञानिक समाजवाद प्राप्तिका लागि एकीकृत जनक्रान्ति सफल पार्न अपरिहार्य रहेको बताइन  ।

जनसभामा पुर्वी ताम्सालिमङ व्युरो सदस्य सागर मैनाली ,जिल्ला जनसरकार प्रमुख विवेक लामा, युवा संगठन संयोजक सोम तामाङ  र स्थानीय पुराना कम्युनिष्ट नेता ठाकुर थापाले नेपालमा चली रहेको एकीकृत जनक्रान्तिलाई सहयोग र समर्थनको आवस्यकता औंल्याएका थिए ।

 ने.क.पा. रामेछाप इन्चार्ज यादव ढुंगेल (जमिन)को अध्यक्षतामा भएको उक्त जनसभा संचालन पाटी जिल्ला समिति सदस्य बद्री बोहराले गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी रामेछापले माघ १ गतेदेखि थालेको पार्टी सुदृढीकरण तथा बिस्तर अभियानको क्रममा मन्थली नगरपालिका वडा नम्बर १० चनखुमा आयोजना गरेको जनसभा
नेपाल कम्युनिष्ट पार्टी रामेछापले माघ १ गतेदेखि थालेको पार्टी सुदृढीकरण तथा बिस्तर अभियानको क्रममा मन्थली नगरपालिका वडा नम्बर १० चनखुमा आयोजना गरेको जनसभा

 

प्रतिक्रिया