अज्ञात समुहद्वारा पोखरा महानगरको गाडीमा आगजनी गरी ध्वस्त (हेर्नुस भिडियो)

अज्ञात समुहद्वारा पोखरा महानगरको गाडीमा आगजनी गरी ध्वस्त (हेर्नुस भिडियो)


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ माघ २०७५
  • 9.5K
    Shares

अज्ञात समुहले  पोखरा महानगरपालिका वडा नम्बर ७ मासबारमा आज बिहान पोखरा महानगरपालिकाको एक गाडीलाई आगजनी गरी ध्वस्त पारेका छन् ।

अज्ञात समुहले पोखरा महानगरपालिका अन्तरगतको शिक्षा विभागको  बा १ झ ५८७९ नम्बरको गाडीलाइ आगजनी गरी ध्वस्त पारेका हुन् । स्कुटमा आएका दुईजना मध्ये एकले गाडी रोकेको र अर्को एक जनाले शनिबार पनि सरकारी गाडी चलाउने भन्दै गाडीमा पेटोल छर्केर आगो लगाई भागेको प्रहरीले जानकारी दिएको छ ।

कास्कीका प्रहरी प्रमुख एसपि ओम रानाले आगोलगाउनेको खोजी कार्य भइरहेको जानकारी दिए । उनले नेपाल विद्यार्थी संघ आन्दोलनमा रहेका कारण विद्यार्थी सघले पनि हुन सक्ने आशंका गरे ।

प्रतिक्रिया