विवादाश्पद समाचारहरुका बीच अन्तत: प्रसिद्ध भारतीय अभिनेता कादर खान मृत घोसित भएका छन् । लामो समयदेखि विरामी ८१ वर्षीय खानको क्यानडामा उपचारका क्रममा डिसेम्बर ३१ मा निधन भएको खानका छोरा सरफराज खानले पुष्टि गरे ।
सरफराजले बीबीसीसँग भनेका छन् , ‘बुवा हामीलाई छाडेर जानुभयो । ’ । लामो समयसम्मको बिरामीपछि ३१ डिसेम्बर साँझ ६ बजे (क्यानडाको समय) उनको निधन भयो । । तर उनको अन्तिम संस्कार क्यानडामै गरिने समाचारमा जनाइएको छ।
खान उपचारमा रहेकै बेला गएका केही दिन मिडियामा उनको मृत्यु भएको हल्ला चलेको थियो। तर पुष्टि भएको थिएन।
एनडीटीभीका अनुसार उनी सुप्रान्युक्लियर पाल्सी नामक समस्याबाट पीडित थिए। अफगानिस्तानको काबुलमा जन्मिएका कादर खानले सन् १९७३ मा राजेश खन्नाको फिल्म ‘दाग’ बाट फिल्मी दुनियाँमा डेब्यु गरेका थिए।
उनका ३०० भन्दा बढी फिल्म छन्। उनले २५० भन्दा बढी फिल्ममा सम्वाद लेखेका छन्। अभिनयमा आउनुअघि उनले रवीन्द्र कपुर र जया बच्चनको ‘जवानी दिवानी’ मा सम्वाद लेखेका थिए।