नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्ना पार्टीका प्रवक्ता र पीबीएमका नाममा फेरी पक्राउ पुर्जी जारी गरिएकोमा आपत्ति प्रकट गरेका छन् । ने.क.पा. महासचिव बिप्लवले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै आफ्ना पार्टीका नेताहरुको नाममा फेरी पक्राउ पुर्जी जारी गरिएकोमा आपत्ति प्रकट गरेका हुन ।
बिज्ञप्तिमा उनले “अदालतले सफाइ दिइसकेको मुद्दा पुनः उल्ट्याइएको” भन्दै , ‘२०७५ पुस १३ गते सामाजिक दलाल सरकारले हाम्रा पार्टीका प्रवक्ता एवम् स्थायी समिति सदस्य कमरेड प्रकाण्ड र पोलिटब्युरो सदस्य जीवन्तका नाममा यसअघि नै हाम्रो पार्टीको निर्देशन र नेतृत्वमा जनताको निरन्तरको सङ्घर्षका कारण उनीहरूकै न्यायालयले खारेज गरिसकेको उदयपुर र सङ्खुवासभाका मुद्दा पुनः ब्यँुत्याएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।” भनेका छन्
उनले अहिलेसम्म पनि यो केपी—प्रचण्ड सामाजिक फासिवादी सरकारले आफ्नो पार्टीलाई आधिकारिक पत्र नलेखेको उल्लेख गर्दै “वार्ता केवल दमन गर्ने सरकारी प्रपञ्च” भएको बताएका छन् । उनले अघि भनेका छन्, ‘एकातिर वार्ताको हल्ला मात्र फिँजाउने तर अर्कोतिर आधिकारिक पत्र नै नपठाई हाम्रो पार्टीमाथि दमन गर्ने प्रपञ्च केपी—प्रचण्डको सरकारले गरेको यी हर्कतले पुष्टि गरेको छ । उनीहरूको यस्तो हर्कतको हामी घोर भत्र्सना गर्दछौँ ।’
महासचिव विप्लवले आफ्नो पार्टीका नेताहरूका विरुद्ध उनीहरूकै न्यायालयले खारेज गरेको मुद्दालाई पुनः ब्युँत्याउनु भनेको उनीहरूले भन्दै आएको मानवअधिकारको उल्लङ्घन मात्र नभएर उनीहरूले गर्दै आएको भ्रष्टाचार, जनतामा थोपरेको महँगीलाई वैधानिकता दिने काम भएकाले यसको सबै मानवअधिकारवादी, कानुन व्यवसायी र सच्चा लोकतन्त्रवादीहरूलाई विरोध गर्न पनि आह्वान गरेका छन् ।