बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा भएको आगलागि घटनाप्रति दुःख ब्यक्त गर्दै पिडीतलाई सहयोग गर्न कार्यकर्ताहरुलाई निर्देश दिएको छ ।
पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवले आज त्यस घटनाप्रति दुख व्यक्त र राहतका लागि आफ्ना नेता तथा कार्यकर्तालाई एक विज्ञप्तिमाफर्त निर्देश गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘कालीकोटका सम्पूर्ण पार्टी नेता÷कार्यकर्तालाई अग्निपीडित जनतालाई सहयोग र राहत आपूर्ति गर्न यसै विज्ञप्तिमाफर्त निर्देशन गरिन्छ ।’ सोमबार कालीकोटको पातलागाउँपालिका १, खाडागाउँमा आगलागी हुँदा ८७ घर पूर्ण रूपले ध्वस्त भई सातजना घाइते हुनुका साथै २ सय ८५ जना विस्थापित भएका छन् । घटनाप्रति बिप्लवले यो दुःखद् घडीमा कालीकोटका अग्निपीडित जनतासँग आफूहरु साथमा रहेको बताउनुभएको छ ।