शर्तकाकारण ऋण नेपाललाई, रकम जति भारतलाई

शर्तकाकारण ऋण नेपाललाई, रकम जति भारतलाई


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ मंसिर २०७५
  • 7.8K
    Shares

सडकलगायतका पूर्वाधार विकास गर्न भारतीय एक्जिम बैंकबाट लिने गरिएको ऋणमा अनेक सर्त राखिएका कारण त्यस्तो रकम खर्च गर्न निकै सास्ती परेको छ । सोही सास्तीका कारण सन् २०१४ देखि खर्च गर्ने भनिएको ५५० मिलियन अमेरिकी डलर अझै खर्च हुन सकेको छैन । त्यसअघि सन् २०११ मा दुई देशबीचको सम्झौताअनुसारको २५० मिलियन डलरको ऋण पनि करिब ७० प्रतिशत मात्र खर्च हुन सकेको छ।

सन् २०१४ मा अर्थ मन्त्रालयले एक्जिमसँग गरेको ५५० मिलियन डलरको ऋण सम्झौतामध्ये ३३० मिलियन डलरबाट देशका विभिन्न सडकका १७ वटा खण्ड बनाउने योजना छ। तर, बैंकका अनेक सर्तका कारण चार वर्षसम्म त्यो रकम खर्च हुन सकिरहेको छैन।

एक्जिम बैंक भारतको आयातनिर्यात बढाउने उद्देश्यले गठन गरिएको हो। पुँजी अभाव हुन थालेपछि नेपालले त्यो बैंकसँग ऋण लिन थालेको हो। त्योबाहेक नेपालले विश्व बैंक, एसियाली विकास बैंक, जाइकालगायतका संस्थासँग पनि ऋण लिन्छ।

सन् २०१४ को सम्झौताअनुसार बैंकले नेपाललाई ५५० मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराउने उल्लेख छ। जसमध्ये ३३० मिलियिन अमेरिकी डलर सडक निर्माण र बाँकी रकम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका निकायले खर्च गर्ने सरकारी योजना छ। अधिकारीहरू उक्त बैंकले दिने ऋण खर्चन समस्या हुनुको अर्को कारण कुल बजेटको ७५ प्रतिशत रकम बराबरको निर्माण सामग्री भारतबाटै खरिद गर्नुपर्ने बाध्यता पनि रहेको बताउँछन्। याे समाचार अाजकाे नागरिक दैनिकमा छ।

प्रतिक्रिया