अमेरिकी हवाई हमलामा तालिवान कमाण्डरको मृत्यु

अमेरिकी हवाई हमलामा तालिवान कमाण्डरको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ मंसिर २०७५
  • 8.7K
    Shares

अब्दुल मनान

अफगानिस्तानमा अमेरिकी हवाई हमलाबाट तालिवान लडाकुका एक प्रमुख कमान्डर अब्दुल मनानको मृत्यु भएको छ । तालिबानले मनान मारिएको पुष्टि गरेको छ । मिडिया रिपोर्टका अनुसार उनी दक्षिण हेलमन्ड प्रान्तको प्रमुख थिए । उनी हेलमन्ड प्रान्तमा तालिवानको प्रमुख शक्ति मानिन्थे ।

हेलमन्ड अफगानिस्तानको मादक पदार्थ तस्करीको प्रमुख केन्द्र मानिन्छ । तालिवान लडाकुहरुले मादक पदार्थको कारोबारमा कर असुल्ने गर्दछन् ।

मनानको मृत्यु तालिवान का लागि सन् २०१६ पछिकै ठूलो धक्का हो । २०१६ मा पाकिस्तानको पश्चिमी क्षेत्रमा एक अमेरिकी ड्रोन हमलामा संगठनका नेता अख्तर मन्सुर मारिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार