अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन

अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ मंसिर २०७५
  • 7.4K
    Shares

अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुश

९४ वर्षको उमेरमाअमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ। सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति भएका बुश अमेरिकाको ४१ औँ राष्ट्रपति भएका थिए।

बुशलाई दोस्रो कार्यकालको निर्वाचनमा विल क्लिन्टनले पराजित गरेका थिए। तेल ब्यापारि समेत रहेका उनी फाइटर विमान चालक समेत हुन्।

राष्ट्रपति बन्नुअघि ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका बुशले तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शितयुद्ध अन्त्य गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका थिए। उनका छोरा जर्ज डब्लू बुश अमेरिकाको ४३ औं राष्ट्रपति हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार