जनप्रदर्शन र जनसभाको प्रचारप्रसारलाई व्यवस्थित, प्रभावकारी  र व्यापक बनाउने निर्णय

जनप्रदर्शन र जनसभाको प्रचारप्रसारलाई व्यवस्थित, प्रभावकारी  र व्यापक बनाउने निर्णय


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ मंसिर २०७५
  • 7.3K
    Shares

जनसभा तयारी बैठक

नेकपाको केन्द्रीय समितिको आयोजनामा यही मंसिर ८ गते राजधानी काठमाडौंमा हुने जनप्रदर्शन र जनसभाको प्रचारप्रसारलाई व्यवस्थित, प्रभावकारी  र व्यापक बनाउने निर्णय भएको छ । क्रान्तिकारी पत्रकार संगठन, नेपाल र नेपाल कम्युनिस्ट पार्टीको प्रचार उपसमितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा सहभागी  नेकपाका पोलिटब्यूरो सदस्य अनिल शर्मा ‘विरही’ले दलाल संसदीय ब्यबस्थाका बिरुद्ध उत्पीडित वर्गको पक्षमा वकालत गर्न आयोजित जनसभा र जनप्रदर्शनलाइ सुझबुझपूर्ण तरिकाले सम्पन्न गर्न मिडियाको महत्वपूर्ण भूमिका रहने बताउंदै प्रचारप्रसारलाई रत्तिभर कमी र त्रुटी हुन नदिन बैठकमा उपस्थित पत्रकारहरुलाई निर्देशन दिए ।

नेकपाका केन्द्रीय सदस्य एवम् जनसभा प्रचार उपसमिति उपसमितिका संयोजक चिरन पुन ‘मिलन’ले मंसिरको ८ को प्रदर्शन र जनसभा नेपाली जनतामाथि वर्तमान ‘दलाल नियन्त्रित’ राज्यसत्ताले थोपरिरहेको भ्रष्टाचार, काला बजारिया, महंगी, तस्करी, व्यापीचारी, बलात्कार तथा हिंसाको श्रृंखला, गुण्डागर्दीविरुद्ध सशक्त आवाज भएकोले यसको प्रचार देशैभर पुरयाउन जिम्मेवारी संचारकर्मीहरुको रहेको बताए ।

बैठकमा क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले संगठनकोे सिंगो केन्द्रीय समितिले नेकपाद्वारा ८ गते काठमाडौंमा आयोजित विरोध प्रदर्शन र जनसभाको प्रचारप्रसारलाई पूर्णरुपले नागरिकसम्म पुर्याउने कार्यमा कुनै कसर र उपाय बाँकी नराख्ने प्रष्ट पारेका थिए ।

बैठकमा नेकपा र क्रान्तिकारी पत्रकार संगठनको नाम जोडेर भ्रम छर्ने उद्देश्यबाट अराजक व्यक्तिले वक्तव्यबाजी गरिरहेकोबारे छलफल भएको र बैठकले उक्त मनगढन्ते र अनर्गल प्रचार र भ्रामक हर्कत नगर्न चेतावनी दिनेबारे गम्भीर छलफल भएको थियो । बैठकमा क्रान्तिकारी पत्रकार संगठनकाा अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम विष्ट, सचिव सिर्जना तिम्सिना र कोषाध्यक्ष जानकी चौधरी र केन्द्रीय सदस्यहरुको उपस्थित थिए ।

त्यस्तै यसअघि गत शनिबार नेकपाका स्थायी समिति सदस्य एवं प्रवक्ता प्रकाण्ड, अर्का स्थायी समिति सदस्य एवं मध्यमाण्ड ईन्चार्ज सुदर्शनको विशेष उपस्थिति र पोलिटब्यूरो सदस्य एवं पूर्वी कमाण्ड ईन्चार्ज विरहीको उपस्थितिमा क्रान्तिकारी पत्रकार संगठन नेपालसहित बसेको बैठकले ८ गतेको जनसभाको प्रचारप्रसार तीव्र बनाउन केन्द्रीय सदस्य मिलनको संयोजकत्वमा पाँच सदस्य प्रचारप्रसार उपसमिति गठन गरेको थियो ।

भ्रममा नपर्न आग्रह

यसैबीच नेकपाले पार्टीको नाम जोडेर भ्रामक प्रचार भइरहेकोप्रति आपत्ति जनाएको छ । त्यस्तै क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले क्रान्तिकारी पत्रकार संगठनको नाममा भ्रम छर्ने उद्देश्यबाट केही अराजक व्यक्तिले वक्तव्य र प्रचारबाजी गरिरहेकोप्रति संगठनको गम्भीर ध्यायनाकर्षण भएको जनाउँदै उक्त झुठा र मनोगत प्रचार र भ्रामक हर्कत नदोहोर्याउन चेतावनी दिएका छन् ।

‘आजै पनि संगठनको नाममा अराजक व्यक्तिहरुले वक्तव्यबाजी गर्ने र भ्रमपूर्ण समाचारहरु बनाउने हर्कत भेटिएको छ । यसप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’ अध्यक्ष डुम्रेले भने ‘त्यस्ता व्यक्तिहरुको भ्रामक समाचारमा नपर्न र आइन्दा त्यस्ता हर्कत नदोहोर्याउन चेतावनी दिन चाहन्छु ।’

नेकपा र संगठनले हिजो सोमबार मात्र ८ गतेको कार्यक्रमबारे समाचारलाई व्यवस्थित र व्यापक बनाउने विषयमा काठमाडौंमै पत्रकारहरुसँग छलफल गरी महत्वपूर्ण गरेको थियो ।

प्रतिक्रिया