नेपालमा दुई-तिहाईको कम्युनिष्ट सरकार बनेपछि नेपाली रास्ट्रियता र जनाजिविका झन् कमजोर बन्दै गैरहेकोमा पोखराका राजनीतिककर्मी, मानवअधिकारकर्मी र बुद्धिजीवीहरुले चिन्ता प्रकट गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, कास्की द्वारा मंगलवारआयोजित वर्तमान राजनीतिक परिस्थिति र जनताको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिककर्मी, मानवअधिकारकर्मी र बुद्धिजीवीहरुले चिन्ता प्रकट गरेका हुन् ।

कार्यक्रममा बोल्दै विप्लव नेतृत्वको नेपाल कम्यिनिष्ट पार्टीका केन्द्रीय सदस्य डम्बर बिक ‘मामा’ले नेपालमा दुई-तिहाईको कम्युनिष्ट सरकार बनेपछि नेपाली रास्ट्रियता र जनाजिविका झन् कमजोर बन्दै गैरहेको आरोप लगाए । उनले अघि भने, “वर्तमान दुई-तिहाईको कम्युनिष्ट सरकार बनेपछि प्रदेश नम्बर २ को अवस्था के हुने हो भन्ने चिन्ता छ l दुई-तिहाइको कम्युनिस्ट सरकारले , किसान, मजदुर र सुकुम्बासीका पक्षमा काम गर्नुपर्ने हो l तर नेपालमा बिगतमा भन्दा पनि ब्यापक मात्रामा भ्रस्टाचार, अनियमितता, मनपरीतन्त्र र महंगी अनियन्त्रित रुपमा र्बाध बढिरहेको छ l” उनको थप भनाई थियो, “नेपालमा दलाल संसदीय व्यवस्था रहुन्जेल नेपाली जनताको मुक्ति सम्भव नभएकाले यसका बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी जनता जगाउंदै निरन्तर क्रान्तिमा रहेको छ l” यसै क्रममा अ नेकपाले यही मंग्सीर ८ गते काठमाडौंमा बिशाल जनप्रदर्शंनसहितको जनसभा गर्न लागेको जानकारी गराउंदै नेकपा नेता मामाले सो कार्यक्रममा सहभागिताका लागि आम जनसमुदायसंग आव्हान गरे l

प्रमुख पर्तिपक्षी दल नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले नेपालको संबिधान २०७२ को निर्माता मध्येको एक पार्टी नेपाली काग्रेस पनि भएकाले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला भै आफ्ना भनाई राख्न पाउने संबिधानमा उल्लेखित मौलिक अधिकारलाई वर्तमान सरकारले उल्लङ्घन गर्दै गैरकानुनी गिरफ्तारी जारी राखेमा आफ्नो पार्टीले प्रतिवाद गर्ने चेतावनी दिए l उनले बिगतमा राणा, पंचायत र २०४६ सालदेखि २०७४ सालसम्मभन्दा पनि वर्तमान दुई-तिहाईको कम्युनिट सरकार नातावाद, कृपावादमा फंसेको, बढी भ्रस्ट देखिएको, महंगी नियन्त्रण गर्न असफल भएको लगायतका आरोपहरु लगाएका थिए l

वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य निश्चल, रास्ट्रीय जनमोर्चाका नेता शंकर बराल, राजनीतिककर्मी टिकाराम पौडेल, शान्तिका लागि नागरिक समाजको संजालका बिष्णु बराल, वरिष्ठ अधिवक्ता तिलक पराजुली र वाम बुद्धिजीवी परशुराम कोइराला लगायतका वक्ताहरुले दुई-तिहाइको कम्युनिस्ट सरकार बनेपछि नेपाली रास्ट्रियता कमजोरी बन्दै गैरहेको र नेपाली जनताको दैनिकी कस्टकर बन्दै गैरहेको अवस्थामा राजनीतिककर्मी, मानवअधिकारकर्मी र बुद्धिजीवी लगायत नेपाली जनता एकजुट भएर खबरदारी गर्न आवस्यक रहेको बताएका थिए l
हेर्नुस भिडियो