धरानको बेलबारीबाट धरानतर्फ आउदै गर्दा चर्चित गायक गंगा बरदानलाई आइतबार दिउँसो बेलबारीमा बसभित्रै कुटपिट भएको छ । उहाँको कञ्चट, निधारलगायतमा चोट लागेको छ ।
गायक वरदान पत्नीसहित ना ५ ख २८९४ नम्बरको बसमा धरान आउदै गर्दा सामान्य विवादमा उनी चढेको बसका कण्डक्टर, सहचालक(खसाली), चालकलगायतले कुटपिट गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए । घटना भएको बसका चालक निरन घिमिरे, कन्डक्टर उर्लाबारीका २० वर्षी रोशन श्रेष्ठ, सहचालक झापाको दमक १० का २१ वर्षीय सुजन श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राईले बताए ।
प्रहरीका अनुसार बसमा बस्ने सिटको बिषयमा सामान्य विवाद हुदा गायकमाथि कुटपिट भएको थियो । सोमबार १० बजे कार्यालयमा आउने गरी गायक घर जानुभएको छ,’उने भने । फरक जीवन शैली, पहिरन र गायकीको कारण गंगा वरदान चर्चित छन् । उनको छपनीले छान छान.., बजारै झरौ न धरानै..लगायतको गीतहरु बुढापाका, युवाहरुमाझ लोकप्रिय छन् ।