भारतमा महिला हिंसाविरूद्धकाे अभियान ह्यासट्याग मी टूले उचाइ लिइरहेका बेला बलिउड सुपरस्टार सलमान खानमाथि बलात्कारको आरोप लागेको छ।
भारतीय चर्चित कार्यक्रम ‘बिग बोस’का पूर्व प्रतिस्पर्धी पूजा मिश्रले सलमान खान, उनका दाई अर्बाज खान र भाई सोहेल खान तीनै जनामाथि बलात्कारको आरोप लगाएकी हुन्। बिग बोसका संचालक सलमान अाफैँ हुन्। पूजा मिश्रले इन्स्टाग्राम भिडियो पाेष्ट गर्दै घटना वृतान्त सार्वजनिक गरेकी हुन्।
मोडेल तथा टेलिभिजन भिजेको रुपमा काम गरिसकेकी उनले भिडियोमार्फत खान दाजुभाइले आफूमाथि बलात्कार गरेको अाराेप लगाएकी हुन्। अर्का स्टार सत्रुघन सिन्हा र उनकी पत्नी पुनमले आफूमाथि ज्याददी गरेको उनले उल्लेख गरेकी छिन्।
यसैगरी अर्बाजका पूर्व पत्नी मलाइका अरोरामाथि पनि उनले आफ्नो रोस प्रकट गरेकी छन्। मलाइकाले आफ्ना लागि आएका प्रोजेक्टहरु खोसेको उनकाे भनाइ छ। उनीहरु सबैले आफूमाथि विभिन्न ढंगबाट मनोवैज्ञानिक र शारीरिक पीडा दिएको पूजाको आरोप छ। एजेन्सी
विभिन्न पीडा र दवाबका कारण आफूले आत्महत्या समेत प्रयास गरेको भिडियोमा उनले उल्लेख गरेकी छिन्। आफ्नो पिताको समेत हत्या सलमान खान समूहले गरेकाे उनले अाराेप लगाएकी छिन्।