गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन

गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ असोज २०७५
  • 24.3K
    Shares

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई काबारहीको लागि दवाव दिन बिहिबार सिंहदरबार अगाडि धर्ना दिइएको छ ।

‘निर्मलाको निम्ति न्याय’ अभियानका अभियन्ताहरुले सिंहदबारको दक्षिण गेटअगाडि धर्ना दिएका हुन् ।

निषेधाज्ञा तोड्दै युवा युवतीहरुले प्रदर्शन गर्न थालेपछि सिंहदरबार दक्षिण गेट नै केहीबेर बन्द गरिएको थियो ।

ब्यानर र पप्लेटसहित उनीहरुले केहीबेर गेट अगाडि नै बसेर धर्नासमेत दिए ।

धर्नाका क्रममा उनीहरुले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टले प्रमाण नष्ट गर्न भूमिका खेलेकाले कारबाही गर्न माग गरेका थिए भने गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख सर्वेन्द्र खनालको पनि राजीनामा माग गरेका थिए ।

उनीहरुको धर्नाका कारण सो क्षेत्रको यातायात आवागमन केहीबेर प्रभावित समेत बनेको थियो ।

पन्तको साउन १० गते बलात्कार पछि हत्या भएको थियो । बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको लागि निरन्तर दवावमूलक कार्यक्रमहरु गरिँदै आएपनि हालसम्म दोषी पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया