नेकपाका केन्द्रीय नेता राई अदालत परिसरबाट पुनः गिरफ्तार, ब्युरो कार्यालय सचिवसहित ३ जना रिहा

नेकपाका केन्द्रीय नेता राई अदालत परिसरबाट पुनः गिरफ्तार, ब्युरो कार्यालय सचिवसहित ३ जना रिहा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ असोज २०७५
  • 14.4K
    Shares

उदयपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज दिपेश राई, ब्युरो कार्यालय सचिव चन्द्र बुढाथोकी (शैलेस), ब्युरो सदस्य राकेश, मोरङका जिल्ला सदस्य दिपकलाई जिल्ला अदालत उदयपुरको आदेशमा रिहा भएका छन् । उनीहरुलाई झुट्ठा मुद्दा लगाई २६ दिनपछि बुधबार उदयपुरको जिल्ला अदालतबाट जनही २० हजार धरौटीमा रिहा गरेको हो  ।

रिहा भएका मध्य ब्युरो इन्चार्ज दिपेशलाई भने अदालत परिसरबाटै प्रहरीले पुनः गिरफ्तार गरी संखुवासभा लगेको जानकारी नेकपा उदयपुरले दिएको छ । उनीहरुलाई साउन २९ गते सुनसरीको धरानबाट गिरफ्तार गरि २२ दिन सुनसरी जिल्ला प्रहरी हिरासतमा राखेर जिल्ला प्रशासनको आदेशमा रिहा गरेलगत्तै पुनः गिरफ्तार गरि भदै २१ गते उदयपुर लगिएको थियो

प्रतिक्रिया