काममा ढिलासुस्ती गरेको भन्दै लेखापाललाई मेयरले हाने झापड

काममा ढिलासुस्ती गरेको भन्दै लेखापाललाई मेयरले हाने झापड


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ असोज २०७५
  • 18.3K
    Shares

भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साह र लेखा अधिकृत पवनकुमार अधिकारी

काममा ढिलासुस्ती गरेको भन्दै महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले लेखा अधिकृत पवनकुमार अधिकारीलाई बुधबार साँझ आफ्नै कार्यकक्षमा झापड हानेका छन् ।

नगरप्रमुखको कार्यकक्षमा लेखा अधिकृत अधिकारीसँग हिसाबकिताब दिन आग्रह गरेका थिए । पटक-पटक मौखिक र लिखित निर्देशन दिँदा पनि अटेरी गरेपछि दुई झापड हानेको मेयर साहले बताए । गत वर्षको आयव्यय र हिसाबकिताब पारदर्शी गर्न पटक-पटक आग्रह गर्दा पनि उल्टै विभिन्न बहाना गरेको र गैरजिम्मेवारी तवरले “जे गर्न सक्नुहुन्छ गर्नु” भनेपछि आफूले झापड हानेको मेयर साहले स्वीकार गरेका छन् ।

भगाह नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत रामचन्द्र लामगादेले गत वर्षको आयब्ययसमेत नआएको बताए । उनले आर्थिक वर्ष सकिसक्यो अहिलेसम्म पनि हिसाब किताब नआएको बताएका छन् ।

मेयरलाई कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र दिने र अन्य कानुनी प्रक्रियाबारे आन्तरिक छलफल भइरहेको लेखा अधिकृत अधिकारीले बताएका छन् ।

नगरपालिकाको हिसाबकिताब पारदर्शी राख्न र जनप्रतिनिधिलाई दिन पटक-पटक निर्देशन लिखित मौखिक भनेपनि लेखा अधिकृतले अटेरी गर्दै आएको र गतबर्सको योजनाहरुको रकमसमेत भुक्तानी गर्न निर्णय भएपनि लेखा अधिकृतले अटेर गरेको जनप्रतिनिधिको भनाइ छ ।

प्रतिक्रिया