कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका-७ परसोहियामा सात महिनाकी गर्भवती ३८ वर्षीया बोल्न नसक्नेअपांग महिला वलात्कृत भएकी छिन । घटनामा संलग्न भएको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यलय गणेशपुरमा प्रहरी निरिक्षक नविन पौडेलका अबुसार, वलात्कार गरेको आरोपमा ४० वर्षीय प्रह्लाद केवट, ४२ वर्षकी वर्षाती केवट र २८ वर्षीय बकन्चु केवट [अक्राउ परेका हुन् l
यही १२ भदौ राति आफू घर नभएको समयमा स्थानीय ४० वर्षीय प्रह्लाद केवट र ४२ वर्षकी वर्षाती केवटको सहयोगमा २८ वर्षीय बकन्चु केवटले आफ्नी श्रीमतीको वलात्कार गरेको भन्दै पीडितका श्रीमानले बुधबार प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
पीडित महिलाको बहादुरगञ्जस्थित शवराज अस्पतालमा उपचार गरिएको र उनको अवस्था सामान्य छ ।
अभियुक्तहरूलार्इ ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरीले जनाएको छ ।