नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्यूरो ईन्चार्ज सुमन लिम्बूसहित दर्जन नेता तथा कार्यकर्ता गिरफ्तार परेका छन् । उनीहरु बुधबार साँझ झापाको सीमानामा पर्ने इलामको सिद्धिखोला दोभानबाट पार्टीको कामको सिलसिलामा रहेको बेला इन्चार्ज लिम्बूसहित १२ जना गिरफ्तार परेका हुन् ।
गिरफ्तार पर्नेहरुमा झापा सेक्रेटरी सुमनसिंह पौडेल, झापा ईन्चार्ज अर्जुन आचार्ज ‘सौगात’, झापा एरिया सदस्य एकजना, मेची ब्युरो सदस्य तारा थापा, ईलामाका जिल्ला सदस्य मोहन बराल, इलामकै एरिया सदस्यहरु देबकुमार राई, सञ्जय राई रहेका छन् ।
त्यस्तै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सञ्जय राई, मजदुर नेता समन लाल माझी, मजदुरका जिल्ला सदस्य चित्र बिक, नेकपा जनपरिषद ईलामका जिल्ला कमिटी सदस्य होम बराल, ईलाम ईन्चार्ज लक्ष्मी याक्खा र इलामकै अर्का एक जनालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार सबैलाई बिहीबार बिहान इलाम सदरमुकाम पुर्याइएको छ । अन्य पूर्व कमाण्डका अन्य केही नेतालाई समेत गिरफ्तार गरेको स्रोतको दाबी छ । उनीहरुको नाम भने खुल्न सकेको छैन ।
नेकपाको पूर्वी कमाण्डअन्तर्गत भदौ १ गतेदेखि आगामी असोज १५ गतेसम्म ४५ दिने एकीकृत जनजागरण अभियान चलाइरहेको बेला मेची ब्यूरोका नेताहरुलाई सरकारले गिरफ्तार गरेको हो ।