सामाजिक फासिवादी सरकारसंग वार्ता नहुने नेकपाको घोषणा, गिरफ्तारी, यातना र दमनले क्रान्ति नरोकिने विप्लवको भनाइ

सामाजिक फासिवादी सरकारसंग वार्ता नहुने नेकपाको घोषणा, गिरफ्तारी, यातना र दमनले क्रान्ति नरोकिने विप्लवको भनाइ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ भाद्र २०७५
  • 20.7K
    Shares

नेत्रविक्रम चन्द ‘विप्लव’

नेकपा महासचिब विप्लवले सामाजिक फासिवादी घोषित  वर्तमान खड्ग प्रसाद ओली नेतृत्वको वाम सरकारसंग वार्ता नहुने स्पस्ट पारेका छन् । आफ्नो पार्टीद्वारा गठित जनासभाकी सभामुख उमा भुजेल ‘शिलु’ लाई गिरफ्तार गरेपछि मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले सरकारसँग वार्ता नहुने स्पस्ट पारेका हुन् ।

विप्लवले विज्ञप्तिमा अघि भनेका छन्, “सामाजिक फासिवादी सरकारका यिनै षड्यन्त्र, हर्कत र रबैयाका बीचमा वार्ताको कुनै गुन्जायस नै छैन ।”

केपी र पीकेको गठबन्धनमा बनेको,वाम खोल ओढेको सामाजिक फासिवादी सरकारले आफ्नो पार्टीमाथि दिनानुदिन षड्यन्त्र, दमन र गिरफ्तारीको श्रंखला बढाउँदै लगेपछि आक्रोसित भएका विप्लवले गिरफ्तारी, यातना र दमनले क्रान्ति नरोकिने, बरु त्यसले अझ उर्बर बनाउने उद्घोष गरेका छन्  । उनले सरकारका तस्ता दमनकारी गतिविधिले स्वाभाविक रूपमा आफ्नो पार्टी आक्रोशित भएको र क्रान्तिलाई केन्द्रबिन्दुमा राखी वैज्ञानिक समाजवाद स्थापनाको उदेश्यमा दृढ रहेको बताएका छन् ।

विप्लवले संविधान प्रदत्त अधिकारभित्रको शान्तिपूर्ण कार्यक्रममा पूर्ण रूपले प्रतिबन्ध लगाएको भन्दै दिनदिनै आफ्नो पार्टीका नेता र कार्यकर्ताहरूलाई गिरफ्तार गरी बेपत्ता पार्ने काम गरिरहेको बताएका छन् । उनले विज्ञप्तिमा सर्वोच्च अदालतको आदेशलाई पनि लत्याउँदै विभिन्न झूट्टा मुद्दामा फसाई छानबिनका नाममा हिरासतमा राखिएका आफ्नो पार्टीका प्रवक्ता प्रकाण्ड, पीबीएम, सीसीएमलगायत सबै बन्दीहरूलाई तुरुन्त रिहा गर्न पनि सरकारसँग जोडदार माग गरेका छन् ।

महासचिव विप्लवले मानव अधिकारवादी, सञ्चारकर्मी, कानुन व्यवसायी तथा अन्य राजनीतिक दलहरूलाई सरकारको यस्तो रबैयाको भण्डाफोर गर्दै न्यायका पक्षमा उभिन आह्वानसमेत गरेका छन् ।

यस्तो छ विज्ञप्ति

पार्टी पोलिटब्युरो सदस्य उमा भुजेलको गिरफ्तारीपछी महासचिब विप्लवले निकालेको प्रेस वक्तावुआ

 

 

प्रतिक्रिया