नेकपाले गठन गरेको जनपरिषद् अन्तरगत जनप्रतिनिधि सभाको सभामुखको पद जिम्मेवारी समेलिरहेकी नेतृ उमा भुजेल काठमाडौंमा गिरफ्तार भएकै दिन रोल्पामा जनकारवाही भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी रोल्पाले माडी गाउँपालिकाको वडा नम्बर १ का सदस्य हरीप्रसाद घर्तीलाई जनकारवाही गरेको हो । नेकपाले गठन गरेको स्थानीय जनसरकारले भ्रष्टाचार गरेको भन्दै वडा सदस्य हरीप्रसाद घर्तीलाई जनकारवाही गरेको हो ।
वडा सदस्य घर्तीले कृषिको विकासको भन्दै आएको ४ लाख २४ हजार रुपैयाँ सरकारी बजेट हिनामिना गरेको नेकपाले घर्तीगाउँले जनाएको छ । उनले भ्रष्टाचार गरेको पुष्टि भएपछि चेतावनीस्वरुप जनकारवाही गरेको नेकपाले जनाएको छ ।
वडा सदस्य घर्तीले आफू खुशी कुनै पनि काम नगर्ने प्रतिवद्धता जाहेर समेत गरेको बताइएको छ ।