अश्लिल (पोर्न) भिडियो साथीको म्यासेन्जरमा पठाएको आरोपमा बाँकेकी पत्रकार कमला हमाल पक्राउ पक्राउ परेकी छिन्।
पत्रकार कमला हमालले म्यासेन्जरमा पोर्न भिडियो पठाएको आरोप लगाउंदै अर्की पत्रकार विद्या चौधरीले उजुरी दिएपछि हमाललाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
हमालले बाँकेकै पत्रकार विद्या चौधरीको पोर्न भिडियो भन्दै साथीहरुलाई पठाएको आरोप लागेको छ l चौधरी र हमाल दुवै बाँकेको पत्रकार महासंघ जिल्ला शाखाका सदस्य हुन्।
उनलाई साइबर क्राइममा मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।